गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त



कास्की ।

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डेले आजै प्रदेश प्रमुख समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

पाण्डेलाई कांग्रेसको २७, माओवादीको ७ र १ स्वतन्त्र सहित ३५ सांसदको समर्थन छ ।

गण्डकीको नेतृत्वमा माओवादीको समेत दाबी थियो । तर केन्द्रबाट नै पहिलो कार्यकाल कांग्रेसले नेतृत्व गर्ने निर्णय पठाएपछि माओवादिले कांग्रेसका पाण्डेलाई समर्थनको हस्ताक्षर बुझाएका हुन् । माओवादीबाट दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री दाबी गरेका थिए ।

यसअघि खगराज अधिकारी नेतृत्वको सरकार १०५ दिनमै ढलेको हो ।

प्रतिक्रिया दिनुहोस्