बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत



काठमाडौं ।

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ। बारा-२ मा कुल १ लाख ५ हजार २ सय ४८ मतदाता रहेकामा ६९ हजार २२ मत खसेको थियो ।जसमध्ये ८३० मत बदर भई ६८ हजार १ सय ९२ मत सदर भएको थियो ।

 जमानत जोगाउन बारा-२ का उम्मेदवारले कम्तीमा कुल सदर मतको १० प्रतिशत अर्थात ६ हजार ८ सय १९ मत प्राप्त गर्नुपर्थ्यो । रास्वपाका उम्मेदवार खरेलले जम्मा २ हजार ८ सय २९ मत ल्याएका छन् ।

सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए। एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए।

प्रभु शाह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको ]मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्