तनहुँ–१ अपडेट : स्वर्णिम वाग्ले २६ हजार आठ सय २७ मतसहित अग्रस्थानमा

0
Shares

तनहुँ।

तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले २६ हजार आठ सय २७ मतसहित अग्रस्थानमा कायमै छन् ।

राति १०ः३२ बजे सार्वजनिक मतपरिणामअनुसार उनले २६ हजार आठ सय २७ मत प्राप्त गरेका छन् ।

यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । यसअवधिमा ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार चार सय ५४ र नेकपा (एमाले) का सर्वेन्द्र खनालले सात हजार दुई सय ८९ मत प्राप्त गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । भोलिसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।