तनहुँ-१ अपडेट : घण्टी १९ हजार ६५३, रुख ११ हजार ६६९ र सुर्यकाे ६,२६९ मत



तनहुँ ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा मतगणना जारी छ । मतगणनाको पछिल्लो परिणाम अनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले पहिलो स्थानमा छन् । सोमबार अपराह्न सवा ५ बजेसम्म वाग्लेको मत १९  हजार ६५३रहेको छ ।

उनका निकतटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ११ हजार ६६९ मतले वाग्लेलाई पछ्याइरहेका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालको मत ६ हजार २६९ रहेको छ ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाको १२७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङको ९५ मत र नागरिक उन्मुक्तिका उम्मेदवार भिम बहादुर सुनारको ५१ मत छ ।

९ उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा आइतबार रातिदेखि मतगणना भइरहेको छ । तनुहँ १ मा १ लाख २३ हजार ३०५ मतदाता छन् तर ६३ हजार ७ सय ५७ मत मात्र उपनिर्वाचनमा खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार २ दिनभित्रै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्