चितवन २ अपडेट : रवि लामिछानेकाे अग्रता कायमै, पछ्याउँदै रामप्रसाद न्यौपाने



चितवन । 

सोमबार दिउँसो २ बजेदेखि सुरु भएको मतगणनाको ताजा परिणाम अनुसार चितवन २ मा रास्वपाका रवि लामिछालेले ३ हजार १६६ मत ल्याएका छन् ।

लामिछानेका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले भने १ हजार ७१६ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको मत १ हजार २४१ रहेको छ ।

चितवन-२ सँगै बारा-२ र तनहुँ १ मा पनि आइतबार उपनिर्वाचन भएको हो । तनहुँको मतगणना आइतबार रातिदेखिनै सुरु गरिएपनि बारा र चितवनमा भने सोमबार मात्रै गणना थालिएको हो ।  निर्वाचन आयोगका अनुसार मंगलबारसम्ममा सबै क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरिने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्