बारा–२ अपडेट : उपेन्द्रलाई पछि पारे शिवचन्द्रले


बारा ।

बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।

करैयामाई नगरपालिका– १ र २ को २ हजार ७४ मत गणना गर्दा कुशवाहले अग्रता लिएका हुन् । यादवले लिँदै आएको अग्रता तोडेर कुश्वाहाले १०८ मतले अघि छन् ।

कुश्वाहाले ८९५ मत ल्याएर अग्रता लिँदा यादवले ७८७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत ल्याएका छन् ।

बारा–२ मा आइतबार सम्पन्न मतदानमा ६८ हजार ८ सय ८६ मत खसेको छ । आइतबार बारा–२, चितवन–२ र तनहुँ–१ प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।