तनहुँ-१ मतपरिणाम अपडेट : १३ हजार मतगणना, स्वर्णिमको ७ हजारभन्दा बढी मतान्तर


काठमाडौं । आइतबार सम्पन्न तनहुँ–१ को मतगणना जारी छ । अहिलेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेले १३ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

गएराति ११ः४५ बजेदेखि मतगणना शुरु भएको थियो । अहिलेसम्म १३ हजार ६५ मतगणना हुँदा वाग्लेले ७ हजार २९३ मत प्राप्त गरेका छन् ।

वाग्लेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले २ हजार १३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

तनहुँ–१ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।