उपनिर्वाचन मतपरिणाम : तनहुँ-१ मा घण्टीको दोब्बर अग्रता



काठमाडौं । आइतबार सम्पन्न तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।

सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् । उनले ५९०० मत प्राप्त गरेका छन् ।

उनका निकटम प्रतिस्पर्धी एवं नेपाली कांग्रेसका गोविन्द भट्टराईले २६८७ मत ल्याएका छन् भने नेकपा (एमाले)का सर्वेन्द्र खनालले १६५७ मत पाएका छन् ।

गएराति ११ः४५ बजेदेखि मतगणना शुरु भएको थियो । हालसम्म ६ वटा वडाको मतपरिणाम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्