नेपालले गुमायो चौथो विकेट, भीम सार्की आउट


काठमाडौं ।  

एसिसी प्रिमियर क्रिकेट कपमा   नेपालले चौथो विकेट गुमाएको छ।  ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको  नेपालले ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा  तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।