प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गर्छाैं : परराष्ट्रमन्त्री साउद


काठमाडौं ।

परराष्ट्रमन्त्री पदभार ग्रहण गरेलगत्तै एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् ।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएर सिंहदरवारस्थित मन्त्रालयलमा आएर नवनियुक्त परराष्ट्रमन्त्री साउदले पदभार ग्रहण गरे ।

यसपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी थाल्ने बताएका छन् । यसका लागि कर्मचारीसँग छलफल थाल्ने उनको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।