राष्ट्रिय सभा बैठक स्थगित



काठमाडौं । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवस् स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्