राष्ट्रिय सभाको बैठक दिउँसो बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पष्ुपकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं प्रतिवेदन २०७८÷०७९ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा ‘पार्वती’ले उक्त समितिको २०७५÷०७७, र २०७७÷०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी व्यवस्थापन कार्यतर्फ प्रधानमन्त्री प्रचण्डले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक–२०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।

आज दिउँसो बस्ने बैठक संघीय संसद्को तेस्रो अधिवेशनको १६औं बैठक हो ।

प्रतिक्रिया दिनुहोस्