स्ववियु निर्वाचन : पाटन क्याम्पसमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी



काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।

शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट विजयी भएका हुन् ।

गत चैत ५ गते हुनुपर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भएपछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट बिष्ट ८४१ मतसहित विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसी भने ६७२ मत प्रापत गरि पराजित भए ।

प्रतिक्रिया दिनुहोस्