काठमाडौँ ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संन्जाल (इन्जा)ले स्वर्गीय पत्रकार दीपेन्द्र दोङ तामाङको परिवारलाई २ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।
इन्जा र जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा मङ्गलवार स्व. पत्रकार दोङको सम्झनामा आयोजित श्रद्धाञ्जली सभामा स्व पत्रकार दोङकी श्रीमती चाँदनी लामालाई इन्जाको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा ग्लोवलका सचिव दीपक रिजालले उक्त रकम संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
सो श्रद्धाञ्जली सभामा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजय पौडेलले स्व. पत्रकार दोङको स्मरणलाई चिरस्थायी बनाउन संस्था लागि पर्ने बताउँदै परिवारजनप्रति समवेदना प्रकट गर्नु भयो ।
इन्जाका वरिष्ठ उपाध्यक्ष शीतलले स्व. दोङ नेपाली पत्रकारितामा केही गरौँ भन्ने सोचले अगाडि बढेको बताउँदै उहाँले देखाउनु भएको बाटोलाई सबैले अवलम्बन गर्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धान्जी हुने उहाँले बताउनुभयो ।
इन्जा एसियाका अध्यक्ष टंक पन्तले उहाँसँग सँगै काम गर्दाको स्मरण अहिले पनि आफ्नो मानसपटलमा ताजा रहेको बताउँदै उहाँले देखाउनु भएको बाटोलाई अवलम्बन गर्न आफू र आफ्नो संस्था लागि पर्ने बताउनु भयो ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संन्जाल (इन्जा) ले मृत आत्माप्रति श्रद्धाञ्जली शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी गराउनु भएको छ ।











प्रतिक्रिया