१३ वटा मन्त्रालय हामीलाई चलाउन दिनुस्, देश कस्तो बनाउनुपर्छ हामी देखाइदिन्छौँ : रवि लामिछाने

0
Shares

चितवन।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ वटा मन्त्रालय सय दिनलाई चलाउन दिए देश कस्तो बनाउनुपर्छ भन्ने आफूहरुले देखाइदिने बताएका छन् ।

चितवनमा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“दश सिटमात्रै भएको दलको नेतालाई प्रधानमन्त्री बनाउने भन्ने गाइँगुइँ चलेको छ,” उनले भने, “मैले दश दलीय गठबन्धनका नेताहरुलाई प्रस्ताव गर्न चाहन्छु– हामीलाई १३ वटा मन्त्रालय सय दिन चलाउन दिनूस् । एक सय दिन मात्र हामीलाई चलाउन दिनुस् । देशमा थिति कसरी बसाल्नुपर्छ म गरेर देखाइदिन्छु । देश कस्तो बनाउनुपर्छ म देखाइदिन्छु ।”