एमालेले बारा-२ मा पुरुषोत्तम पौडेललाई उठाउने



काठमाडौं । नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुन गईरहेको उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज मनोनयन गर्नु केही घन्टा अघि मात्र एमालेले पुर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेललाई उम्मेदवार बनाउने निर्णय लिएको हो ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाए पनि यसपटक भने एमालेले एकल उम्मेदवारको रुपमा पौडेललाई अघि सारेको हो ।

बारा २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार रहने यसअघि नै सार्वजनिक भइसकेको छ ।

आज बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुदैँछ ।

प्रतिक्रिया दिनुहोस्