भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का



काठमाडौं । भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । नेपालमा पनि केही भू–भागमा धक्का महसुस गरिएको हो ।

हिजो (मंगलबार) राति साढे ११ बजेसम्म क्षतिबारे कुनै विवरण सार्वजनिक भएको छैन । पाकिस्तानको मौसम विज्ञान विभागले अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा मंगलबार राति ६.८ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

प्रारम्भिक विवरणअनुसार अफगानिस्तानको राजधानी काबुल तथा पाकिस्तानका लाहोर, इस्लामावादसहित थुप्रै सहरमा भूकम्पको धक्का मससुस गरिएको छ ।

भारतीय सञ्चारमाध्यमले भारतको राजधानी दिल्ली, पन्जाब, हिमाचल, काश्मिरसहित विभिन्न सहरमा धक्का महसुस गरिएको बताएका छन् ।

अमेरिकी भूगर्भ विभागले पाकिस्तान र ताजिकिस्तानको सीमा नजिक पर्ने जुर्ममा भने ६.५ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्