कैलालीको मोहन्यालमा १ मतले हारे नेविसंघका भण्डारी, अखिल क्रान्तिकारीका खत्री विजयी



धनगढी ।

कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन्। उनले २५ मत पाए।

उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका वीरेन्द्र भण्डारीको २४ मत पाएका थिए। भण्डारी भन्दा १ मत बढी पाएर खत्री विजयी भएका हुन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनिल कुमार चौधरीले १४ मत पाएका थिए।

सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरीले २८ मत पाएर विजयी भएकी हुन्

 

 

प्रतिक्रिया दिनुहोस्