विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप



मोरङ।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन शुरु गरेको थियो । प्रदर्शनमा सहभागीहरुले नारा जुलुस गर्दै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

झडपकाक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्