ललितपुर महानगरका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ



काठमाडौँ ।

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।

महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो ।

यस विषयमा थप अनुसन्धान गर्ने  थपलियाले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्