काठमाडौं । एक सातापछि हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ ।
सार्वजनिक नमुना मतपत्रअनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको हो ।
रातो मतपत्र प्रतिनिधि र राष्ट्रियसभा सदस्यका लागि प्रयोग गरिनेछ भने हरियो मतपत्र प्रदेशसभा सदस्यहरूले प्रयोग गर्न पाउनेछन् ।
राष्ट्रपतिका लागि आठ दलको समर्थनमा नेपाली कांग्रेसको तर्फबाट पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय, प्रतिनिधि र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । निर्वाचन यहीँ फागुन २५ गते हुनेछ ।
नमुना मतपत्र :












प्रतिक्रिया