राष्ट्रपति निर्वाचन केन्द्रित ८ दल : आज प्रदेशसभा सदस्यसँग छलफल गर्दै

0
Shares

काठमाडौं । आठ दलले सातै प्रदेशका आ–आफ्ना प्रदेशसभा सदस्यसँग छलफल गर्ने भएका छन् । आज (शुक्रबार) राष्ट्रपति निर्वाचनका लागि आठ दलले प्रदेशसभा सदस्यसँग छलफल गर्ने भएका हुन् ।

यही फागुन २५ मा हुने राष्ट्रपति चुनाव तयारीअन्तर्गत हिजो (बिहीबार) काठमाडौंमा आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण गरेका ८ दलले आज देशभरका आफ्ना प्रदेशसभा सदस्यहरूसँग छलफल गर्ने भएका हुन् ।

आठ दलका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनेका छन् भने एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति पदका उम्मेदवार छन् ।