अनेरास्ववियु महाधिवेशन : सहमति नभए आजै मतदान हुने, अध्यक्षको दाबेदार- आरसी र मोती



काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन हिजो (मंगलबार) काठमाडौंमा शुरु भएको छ । महाधिवेशनमा अहिलेसम्म आरसी लामिछाने र मोती विश्वकर्मा लगायत अन्यको दाबी रहेको बताइएको छ ।

अध्यक्षसहित पदाधिकारीहरु र केन्द्रीय समिति चयनका लागि सकेसम्म सर्वसम्मत नभए आज (बुधबार) निर्वाचन हुनेछ ।

सुनिता बराल नेतृत्वमा रहेको अनेरास्ववियुको कमिटी विघटन गरेर मंगलबार महाधिवेशनका लागि अध्यक्षमण्डलसमेत घोषणा गरिएको थियो । एमाले नेता भानुभक्त ढकालको संयोजकत्वमा अध्यक्षमण्डल गठन गरिएको छ ।

अनेरास्ववियुले १९९ सदस्यीय केन्द्रीय कमिटी पनि महाधिवेशनबाट चयन गर्नेछ भने अनुशासनलगायत विभिन्न आयोग पनि गठन गर्ने उसले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्