मधेस प्रदेशको बैठक बस्दै



जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक बस्ने भएको छ । आज (मंगलबार) दिउँसो २ बजे बस्ने भएको हो ।

सभामुख रामचन्द्र मण्डलले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

गत ४ माघमा प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । उक्त बैठक आजबाट शुरु हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्