प्रधानमन्त्रीसँग कोरियाका राष्ट्रपतिका विशेष दूतद्वारा शिष्टाचार भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण कोरिया राष्ट्रपतिका विशेष दूत सुङ मिन जङले शिष्टाचार भेटवार्ता गरेका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्री प्रचण्डसँग विशेष दूत जोङले भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको भेटमा उनीहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्