राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । आज (मंगलबार) दिउँसो ४ बजे उक्त बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने र दिगो विकास तथा सुशासन समितिले २०७८/७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुनेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्