माओवादी केन्द्रीय समितको भर्चुअल बैठक सुरु



काठमाडौं।

नेकपा माओवादी केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको छ ।

स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारीको टुंगो लगाएलगत्तै माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो । भर्चुअल माध्यमबाट हुने सो केन्द्रिय समिति बैठकका लागि केन्द्रीय सदस्यलाई जुम आइडी दिइएको थियो ।

सुरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उक्त बैठकमा पदाधिकारी चयन गरेको तथा स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रीय विभागको विभागीय जिम्मेवारी तोकेको घोषणा गर्ने कार्यसुची रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्