सुदूरपश्चिम प्रदेश सभा बैठक ५ बजे सर्‍यो



सुर्खेत ।

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ। रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ४ बजेसम्मका लागि बैठक सरेको हो।

सुदूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने समयावधि आज सकिँदै छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मतदिन आनाकानी गरेपछि सुदूरपश्चिम सरकार संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्