औषधी व्यवसायी संघको अध्यक्षमा रामचन्द्र बुढाथोकी



काठमाडौँ । 

नेपाल आयुर्वेद औषधी व्यवसायी संघको अध्यक्षमा रामचन्द्र बुढाथोकी निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनले उहाँको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । कार्यसमितिको निवर्तमान अध्यक्ष जङ्गराज गिरी , वरिष्ठ उपाध्यक्षमा बालचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । कार्यसमितिको दुई उपाध्यक्षमा पुरुषतर्फ गंगा ढकाल र महिला तर्फ निर्मला खत्री  निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको महासचिवमा लेखनाथ भुषाल, सचिवद्धयमा कृष्णप्रसाद तिम्सिना र सरोज राय यादव, कोषाध्यक्षमा उमाशंकर यादव, सह कोषाध्यक्षमा वेद सुवेदी निर्वाचित हुनुभएको छ ।  सात प्रदेशगत सदस्यहरुमा प्रदेश –१ बाट विष्णु कुमार कार्की, मधेश प्रदेश सदस्यमा महम्मद जाहागिर राकी, वागमती प्रदेशबाट गणेश घिमिरे, गण्डकीबाट धनबहादुर कुमाल,  लुम्बिनी प्रदेशबाट  गिरिराज शर्मा भट्टराई , कर्णाली प्रदेशबाट शेरबहादुर शर्मा र सुदुपश्चिमबाट जयराज भट्ट निर्वाचित हुनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा  रवीन्द्र देसार, डिल्लीप्रसाद घिमिरे, मधु बस्ती, कमलप्रसाद ओली, निता विश्वकर्मा, रणदेव हजाम, चुडाराज खनाल, मिङमा भुटिया, लक्ष्यबहादुर बिक र गरिमा घिमिरे निर्वाचित हुनुभएको छ । देशभरबाट करिब ४ हजार सदस्य रहेको संघको पाँचौँ राष्ट्रिय महाअधिवेशन औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष जंगराज गिरीले संघको आवश्यकता र हालको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्