पत्रकार सम्मेलन स्थगित


काठमाडौं । राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान तीन जना मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा आयोजना गरिएको पूर्वनिर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको हो । तथापि सम्मेलन किन स्थगित गरिएको हो, सोको बारेमा खुलाइएको छैन ।

श्रम, रोजगार तथा सामाजीक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पत्रकार सम्मेलन गर्न लागेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।