माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठ पुनः बस्ने भएको छ । बैठक केहीबेर पछि पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बस्ने भएको हो ।

बैठकमा पार्टी एकता र संगठन विस्तारको विषयमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि थप छलफल हुन सक्ने छ ।

त्यस्तै पार्टी अध्यक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे प्रतिवेदन पेस गरेका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बिहीबार पनि बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्