पाइलटलाई कुटेको आरोपमा ६ जना पक्राउ



काठमाडौं ।

स्याङ्जाको वालिङमा प्रभूको हेलिकप्टरका पाइलटलाई कुटेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेलिकप्टर ल्याण्ड गराउने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशिल गिरी र खिम ब. राना तथा खेल आयोजक यामबहादुर गुरूङ, सुरेश श्रेष्ठ रहेका छन्।

पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूर मुद्दामा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माघ ५ गते स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि पाइलट र यात्रुमाथि हातपात गरिएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्