सांसद योगेश गौचन थकाली सम्मानित



काठमाडाैं  । 

तन्चाङफेवे समिति काठमाडौं क्षेत्रले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचन थकालीलाई सोमबार राजधानीमा सम्मान गरेको छ ।

२९ बर्षको उमेरमा नै थकाली समुदायबाट प्रतिनिधि सभामा निर्वाचित सांसद थकालीलाई तन्चाङफेवे समितिको नवौं बृहत भेलाको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो ।

समितिका अध्यक्ष चन्द्रमान गौचनले सांसद थकालीलाई सम्मान गर्नु भएको थियो । सोही अवसरमा सो समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ठता हासिल गरेका व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।

नेपाल भर छरिएर रहेका तन्चाङफेवे समुदायका व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा आफ्नो समुदायको रिती रिवाजलाई कायम राख्न नयाँ पुस्तालाई आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्