स्रोत नखुलेको रकमसहित १ जना पक्राउ



मोरङ । मोरङमा स्रोत नखुलेको सात लाखभन्दा बढी रकम, १४ थान एटिएम र नौ थान चेकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकलसहित सोही महानगरपालिका–१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्