जसपा सांसदहरूको प्रशिक्षण जारी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूको प्रशिक्षण शुरु भएको छ । आज (आइतबार) दिउँसो १ बजेबाट उक्त प्रशिक्षण शुरु गरिएको हो ।

संसदमा सांसदहरूले निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा पार्टीले प्रशिक्षण दिन लागेको जसपाले बताएको छ ।

प्रशिक्षणका लागि सांसदहरू संसद् सचिवालय पुगिसकेका छन् । प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक ५ गरी प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्