भौतिक उपस्थितिमा नभई अनलाइनबाटै विराटनगर र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने



काठमाडौं । विराटनगर र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने भएको छ । आज (आइतबार) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरबाट श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको जनाइएको छ ।

यसअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

पोखरा, बुटवल, सुर्खेत र धनगढीमा यसअघि नै मन्त्रालयले विस्तार गरेको थियो । श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब विराटनष्र र जनकपुरबाट अनलाइन मार्फत लिन सकिनेछ । यसअघिको जस्तो भोतिक रूपमा उपस्थित भई लिनुपर्ने बाध्यता आजकै दिनबाट हटेको छ ।

प्रतिक्रिया दिनुहोस्