माओवादी संसदीय दलको बैठक जारी, बैठको एजेण्डा- प्रतिनिधिसभा बैठक र राजनीतिक घटनाक्रमबारे छलफल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक शुरू भएको छ । आज (आइतबार) बिहान १० बजेदेखि उक्त बैठक शुरु भएको हो । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ ।

बैठकमा प्रतिनिधिसभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रम बारेमा छलफल हुनेछ ।

सरकारले विश्वासको मत लिने समय नजिकिएसँगै त्यसको तयारीका बारेमा थप छलफल गर्न बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्