न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो



काठमाडौं ।

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको प्रतिवेदन संयोजक केपी शर्मा ओलीलाई बुझाइएको हो । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको थियो ।

समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्