वाम एकताका लागि माओवादीले गर्‍यो कार्यदल गठन



काठमाडौँ।

माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ। शनिबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

टोलीमा महासचिव देव गुरूङ उपमहासचिवहरू गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र जनार्दन शर्मा छन्।

यसअघि नेकपा एकीकृत समाजवादीले पनि वार्ता टोली बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्