नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुतहरुप्रति सलाम छ, जीवन कालभरि सलामको इज्जत राख्ने छु : गृहमन्त्री लामिछाने



????????????????????????????????????

काठमाडौँ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बल(एपीएफ )को प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नु भएको छ। शनिबार बिहान उहाँले हलचोकस्थित (एपीएफ )को प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नु भएको हो।

भ्रणनका क्रममा उहाँले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्नुपर्ने बताउनुहुँदै विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

 

उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताउनुभयो ।

उहाँले आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतीमा संगठनलाई चल्ने अवस्था सिर्जना गर्नको लागि पारदर्शीता र जवाफदेहिता सहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, यूएन मिशन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरुलाई न्यायसंगत वितरणको प्रक्रिया थालनी गरिएको बताउनुभयो ।

संगठनमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको आचरण, आर्थिक अनुशासन प्रतिको संवेदनशिलता, फौजी अनुशासन, चेनअफ कमाण्डको पालना, सेवाग्राही जनताप्रतिको संवेदनशिलता एवं उत्तरदायी र जवाफदेहीपूर्ण कार्यसम्पादनको आधारमा संगठनको व्यावसायिकताको स्तर मापन हुनुकासाथै आम जनमानसको विश्वास कायम रहने चर्चा गर्नुहुँदै संगठनलाई शुद्धिकरण गर्दै व्यावसायिकता तथा विश्वासको धरातलमा पु¥याउन निष्ठापूर्वक गरिने प्रयासहरुमा मन्त्रालयबाट पूर्ण रुपमा सहयोग मिल्ने तथा आवश्यक निर्देशन हुने समेत विश्वास व्यक्त गर्नु भएको जनाएको छ।

 

यसैगरी जुनियर अधिकृतमा भर्ना नलिने र सशस्त्र प्रहरी निरीक्षकमा खुल्ला प्रतिस्पर्धाबाट भर्नाको अनुपात बढाउने नीतिगत सुधारका योजना प्रस्तुत गर्नुहुँदै महानिरीक्षक अर्यालले संगठनको स्वायत्तताको लागि विद्यमान संघिय ऐन तथा नियममा समेत समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

 

निरीक्षणका क्रममा उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रीय आदेशकक्ष, अनुगम सेल, केन्द्रिय संग्राहलय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गरी सो सम्बन्धि जानकारी लिनुको साथै गोताखोर टोलीसँग उद्वारका विषयमा जानकारी लिनुभएको थियो । सोही क्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टले संगठनको विषयवस्तु सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रम देशभरका इकाईहरुमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा प्रत्यक्ष प्रसारण गरि हेर्ने र सुन्ने ब्यवस्था मिलाईएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्