विश्वासको मत लिने तयारी गर्न माओवादी केन्द्रको बैठक बालुवाटारमा जारी



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक शुरु भएको छ । आज (शनिबार) बिहान ११ः३० बजेदेखि बैठक शुरु भएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रको सचिवालयले जनाएको छ । गठबन्धन सरकारमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

यहीँ पुष २६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने भएकाका छन् ।

प्रतिक्रिया दिनुहोस्