आहा राराको फाइनल आज, संघटा र अमेरिकी क्लव भिड्दै



पोखरा । पोखरामा जारी २२औं संस्करणको आरा रारा पोखरा गोल्डकपको फाइनल आज हुँदैछ । उपाधीका लागि संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकाबीच प्रतिश्पर्धा हुँदै छ । संकटा दोस्रो पटक उपाधि उचाल्ने योजनामा छ भने भुटनिजले इतिहास रच्ने योजना बुनेको छ ।

संकटाले एपिएफलाई पन्छाएर फाइनल यात्रा तय गरेको हो भने भुटनिजले चर्च ब्वाइजलाई पाखा लगाउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । आहा रारा गोल्डकप आफैंमा मोफसलकै प्रतिष्ठित गोल्डकप हो ।

प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले ६ लाख पाउँदा उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर पाउने छ । उत्कृष्ट पाँच विधाले नगद प्राप्त गर्ने छन् । सहारा क्लव पोखराले फुटवल टुर्नामेण्टबाटै एकेडेमी समेत सन्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्