स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमाका दिन आजबाट सुरु



काठमाडौं ।

पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्रीस्वस्थानी व्रतकथा शुक्रबारबाट सुरुभएको छ । यो व्रत माघ शुक्ल पूर्णिमासम्म रहन्छ ।

नेपालमा ठूलो श्रद्धा र विश्वासका साथ विशेषतः हिन्दु महिलाहरू लिने व्रत मध्ये एक श्रीस्वस्थानी व्रत हो । यो व्रतमा भगवान् शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा यो व्रत बस्ने गरिन्छ ।

यो व्रत बस्नाले व्रताकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोग नष्ट हुने जनविश्वास छ । यही व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरूमा पनि चर्चा भएको पाइन्छ ।

यस अवसरमा आजबाट काठमाडौं उपत्यकाको उत्तरमा रहेको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । माघ महिनामा शालिनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्