माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत


धनगढी । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत चयन गरेको छ । आज (आइतबार) बसेको संसदीय दलको बैठकले नेता भट्टलाई सर्वसम्मत चयन गरेको हो ।

प्रदेश सरकार गठनका लागि पहल गर्न नेता भट्टलाई नै जिम्मेवारी दिइएको माओवादी केन्द्र सुदूरपश्चिमले जनाएको छ ।

भट्ट पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज पनि हुन् । तथापि आजको बैठकले दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गरेको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।