ग्रुप च्याटमा अश्लिल भिडिओ पोष्ट गरी नाबालिकाको चरित्र हत्या गर्ने र आर्थिक लाभ लिने पक्राउ



काठमाडौं । ग्रुप च्याटमा अश्लिल अडिओ र भिडिओ पोष्ट गरी नाबालिकाको चरित्र हत्या गर्ने र आर्थिक लाभ लिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

समाजिक सञ्जाल टेलीग्राम च्याट ग्रुरुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिनेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–९ उमंटोल बस्ने धादिङ थाक्रे गाउँपालिका–७ घर भएका १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

ती किशोरीले सामाजिक सञ्जालको माध्यमद्वारा प्रेमी–प्रेमिकाको बहानामा अनलाईन अश्लील क्रियाकलाप गर्ने र उक्त क्रियाकलापको श्रव्यदृश्य तथा तस्विरहरू गोप्य रूपमा अभिलेखीकरण गर्ने र त्यस पश्चात सामाजिक सञ्जाल टेलीग्राममा निर्माण गरिएका विभिन्न च्याटग्रुपमामा सार्वजनिक गर्ने गरेको प्रहरीले बताएको छ ।

आर्थिक लाभका लागि सोही अश्लिल भिडियो तथा तस्बिर सार्वजनिक गरी महिला तथा नावालिकाहरुको चरित्रहत्या गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न रहेकोले उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्