सुदूरपश्चिममा एकीकृत समाजवादीको दलको नेतामा सोडारी



धनगढी । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् ।

पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा शुक्रबार बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी हालै सम्पन्न निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा ४ हजार ७६ मतको अन्तरले विजयी भएका थिए । सोडारी अहिले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत छन् ।

यस्तै धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र समानुपातिकतर्फकी माया पन्तलाई सचेतक तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्