अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूको बैठक शुरु भएको छ । अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय आलोकनगरमा शुरु भएको हो ।

अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बैठक बसेको छ । बैठकमा निर्वाचन समीक्षा, संगठन बिस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीति सम्बन्धि अनेरास्ववियूको धारणा लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ ।

पार्टीका विद्यार्थी इन्चार्ज रामकुमार भट्टराईको प्रमुख आतिथ्यतामा बैठक बसिरहेको उपमहासचिव मिलन राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्