कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा सट्टेबाजी गर्ने चार जना पक्राउ



काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा सट्टेबाजी गर्ने चार जना प्रहरी फन्दामा परेका छन् ।

हिजो .(दिउँसो) कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि–२० राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङमार्फत सट्टेबाजी खेलाउने चार जना प्रहरी वृत्त कीर्तिपुरको फन्दामा परेका हुन् ।

काठमाडौं महानगरपालिका–२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त खेलअन्तर्गत बिराटनगर सुपर किंग र पोखरा एभेन्जर्सबीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हारजितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्तबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्