मातृभाषाको पत्रकारिताको विकासमा सघाउने सांसद्को प्रतिबद्धता



काठमाडौं ।

काठमाडौं जिल्लाका प्रदेश तथा प्रतिनिधिसभाका सांसद्ले भाषा, संस्कृति, सम्पदासंगै युवापुस्तालाई राजनीतिमा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् ।मंगलबार राजधानीमा आयोजित नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा उनीहरुले सो धारणा राखेका हुन् ।

सो अवसरमा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधिसभाका सांसद् विराजभक्त श्रेष्ठले नेपालभाषा,संस्कृति, सम्पदा संरक्षणका विषय निर्णायक रुपमा राजनीतिले सम्बोधन गर्ने हुँदा त्यसका लागि भने सबै पक्षको भूमिका सशक्त हुनुपर्नेमा जोडदिनुभयो । ‘ राजनीतिलाई जिम्मेवार बनाउन, संस्कृति, सम्पदा संरक्षणलाई अघि बढाउन पत्रकारिताको भूमिका महत्वपूर्ण हुने गर्दछ । त्यो भूमिकालाई प्रभावकारी बनाउँदै हामीलाई प्रश्न गर्नुहोस् ।’ सांसद् श्रेष्ठले भन्नुभयो । साझा सरोकारको विषयमा शाखासंग मिलेर अघि बढ्ने प्रतिबद्धता पनि सांसद् श्रेष्ठले व्यक्त गर्नुभयो।

कठमाडौं क्षेत्र नं ७ ९१० का प्रदेश सांसद् वसन्त मानन्धरले काठमाडौं बासीका सरोकारको विषयमा सञ्चारमाध्यममा ल्याउन संस्थागत प्रयासको आवश्यकतालाई शाखाले पुरा गर्दै आएको बताउनुभयो । उहाँले नेपालभाषाको पत्रकारिताको विकाससंगै समावेशी पत्रकारिताको विकासको लागि वाग्मती प्रदेशले यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

काठमाडौं क्षेत्र नं ८ ९१० का प्रदेश सांसद् शैलेन्द्र बज्राचार्यले नेपालभाषाको पत्रकारिताको विकासको लागि ठोस काम गर्ने बताउनुभयो ।सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले पत्रकारिताको विकास र प्रभावकारी भूमिकासंगै भाषा, संस्कृति, सम्पदा लगायत समुदायको समग्र विकासका मुद्दाप्रति संवदेनशील बनाउन शाखाले भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

महासचिव महर्जनले नेपालभाषासंगै मातृभाषा र समावेशी पत्रकारिताको विकासको लागि जनप्रतिनिधिहरुले सहयोगी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो।सो अवसरमा शाखाका नवनिर्वाचित अध्यक्ष अरविन्द्रमान सिं ले पत्रकारको संख्यासंगै गुणात्मक विकास,पत्रकारिताको लाग्नेलाई प्रोत्साहित र सुरक्षामा केन्द्रीत रहेर काम गर्ने बताउनुभयो।

कार्यक्रममा केन्द्रीय महासचिव समेत रहनुभएका निर्वाचन समितिका संयोजक सुनील महर्जन, सदस्य के।के मानन्धरले नवनिर्वाचित पदाधिकारीहरुलाई पदको शपथग्रहण गराउनुभएको थियो।त्यसपछि प्रमाणपत्र वितरण गरिएको थियो ।पुस २ गते शनिबार सम्पन्न शाखाको अधिवेशनमा अध्यक्षमा अरविन्द्रमान सिं, उपाध्यक्षमा प्रवीण महर्जन, उपाध्यक्ष ९महिला० मा विमला मानन्धर, सचिवमा मनोजरत्न शाही, कोषाध्यक्षमा राजेन्द्र मानन्धर,सहसचिवमा हरिशरण डंगोल र सुष्मा महर्जनलाई चयन गरिएको थियो।त्यसैगरी सदस्यहरु मोनिका मल्ल, उद्धव खड्गी, सहयोग रञ्जित, विजय सिं, सुविन्द्र श्रेष्ठ र किचःसिं डंगोल हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्