काठमाडौं कनेक्सनमा आतंकवादी अमित



मुम्बई ।

वेब सिरिज ‘क्र्याकडाउन २’मा देखिइसकेका अभिनेता अमित वेब सिरिज ‘काठमाडौँ कनेक्सन’को दोस्रो सिजनको हिस्सा बन्न तयारी अवस्थामा छन् । यो वेब सिरिजको पहिलो सिजनमा सन् १९९३ मा भएको बम्बई बम हमलाको कथा देखाइएको थियो । दोस्रो सिजनमा भने सन् १९९९ को विमान अपहरणको कथा देखाइनेछ ।

हरियाणाको झज्जरमा बस्ने अमितका अनुसार उनले एक २७ वर्षीय युवकको भूमिका निभाउँदैछन् । जसको सम्बन्ध पाकिस्तानस्थित आतंकवादी संगठनसँग हुन्छ । उनी तीन अन्य व्यक्तिका साथ काठमाडौं आउँछन् र भारतीय विमान आईसी–८१४ लाई अपहरण गर्नका लागि आफ्नो समूहको नेतृत्व गर्छन् । उनले भारत सरकारका वरिष्ठ अधिकारीसँग वार्ता गर्न यो रणनीति अपनाउँछन् ।

‘मलाई लाग्छ कि सबैभन्दा कठिन हिस्सा एक आतंकवादी व्यक्तिलाई सम्झनु थियो, किनकी जब तपाईं यस किसिमको चरित्रमा चित्रित हुनुहुन्छ, त्यो बेला तपाईं त्यो विशष चरित्रसँग जिउनु अनिवार्य हुनेछ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्